दिमाग

हरि प्रसाद फुयाल
अमेरिका

दिमाग दिन्छ चेतना मनुष्य बन्छ सब्बल
दिमागको कमी भए अपाङ्ग बन्छ दुर्बल ।
दिमागको विकाशले छुनेछ चन्द्र सर्सर
कमाइ नाम विश्वमा सुकीर्ति भर्छ भर्भर ।।

सपूतको सुजन्म भो सुभावका प्रभावले
सुशान्ति सौम्य खारियो दिमागको प्रचारले ।
विशुद्ध ज्ञानको छवी झलल्ल झल्ल बल्दछ
प्रकाश मिल्छ विश्वमा तमान्ध गर्त झर्दछ ।।

दिमागको विकाश भो भने मनुष्य बन्दछ
दिमागले सुखी दु:खी मनुष्यलाई पार्दछ ।
पुगे मनुष्य व्योममा दिमागकै प्रयोगले
सुधीर ज्ञानी बन्दछन् दिमागकै प्रयत्नले ।।

सुमित्रता सुस्वच्छता गराइ दिन्छ देहमा
प्रगाढ चित्तवृत्तिको सुपुष्प भर्छ गाथमा ।
हुँदैंन क्रोधको छटा सुशान्त पार्छ देह यो
सुपुज्य बन्छ विश्वमै भरेर दिव्य ज्ञान यो ।।

घरै बसी बसी सधैं छुनेछ भानु चन्द्रमा
उडी उडी प्रयासले सरर्र घुम्छ विश्वमा ।
भरेर जोश होसले प्रसिद्धि प्राप्ति भर्दछ
सुशान्ति मिल्छ विश्वमा सधैं विकास गर्दछ ।।
(भुजङ्गप्रयात छन्दमा रचित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *