दुनिॅंया

ईश्वर ढकाल, 
ओहायो, अमेरिका
 दुनिॅंया
बार्दलीमा बसेर हेरिपठाउँछु
पल्लो घरको झ्यालतिर
देख्छु एउटी सुन्दरीलाई
लाग्थ्यो, उनी अलिक हतारमा थिइन्
आफ्नो मोबाइलसँग थिइन्
सेल्फिको डन्डासँग थिइन्
यतिकैमा
आँखा जुध्यो
अलि-अलि लजाउँदै-सर्माउदै
मात्र हात हल्लाएर बेपत्ता भई
मोबाइलमा
किरिंग-किरिंग घण्टी बज्छ
एक्कासि,
कोसँग व्यस्त हुनु भो ?
कोसँग टिक-टक बनाउन भ्याउनु भो ?
भन्ने आवाज मेरो कानसम्म ठोकियो
म तिन-छक्क परेँ
आफू बार्दलीमा बसी-बसी
भाइरल भएको पनि पत्तै भएन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *