नयाँ वर्ष यस्तै भयो

भानु ढुङ्गाना
क्यानेडा

यसपालिको नयाँ वर्ष, खासै भएन,
कोरोनाको चपेटाले, शान्ति दिएन ।
डराई – डराई मान्नु राम्रो, मजा लागेन
सारा संसार दुःखी हुँदा, मनले मागेन ।

देश विदेश जता सुकै, कोरोनाको कुरा
दुष्ट रोग चाइनाबाट, सल्किएको पुरा ।
यत्ति धेरै पशु-प्राणी, मार्ने गर्दा त्यहाँ,
चमेरा र सर्पबाट, कोरोना सल्कियो जहाँ ।

हजारौँको ज्यान गयो, लाखौँ रोगाई
कोरोनाले संसार हान्यो, परो भोगाई ।
नेपालीको नयाँ वर्ष, २०७७को पालो,
खुसी बन्ने दिनहरू, दुष्ट रोगले टालो ।

आक्रान्त छ दुनियाँमा, कोरोनाले गर्दा
भोग्नु परो यस्तो कष्ट, चीनले गल्ती गर्दा ।
हिंसा धेरै भए पछि, यस्तै हुन्छ भन्छन्
अनेक पशु मारी खाने, राक्षस जस्तै छन् ।

प्रकृतिको विनाशले, पनि यस्तो भएको
अत्याधिकभो प्रदूषण, यस्तो रोग आएको ।
रक्षा गरौँ प्रकृतिको, संसारका सबै मिलेर
नयाँ वर्ष नयाँ हर्ष, आउँछ फेरि फेरि घुमेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *