नाता टुटेदेखि
सुविसुधा आचार्य
मेरील्याण्ड, अमेरिका
पलपलमा मर्दै बाँचेको छु , तिम्रो साथ छुटेदेखि ।
दिल खोली कैले हाँसें र म, मनसँगको नाता टुटेदेखि ।।
आफन्त छन् भिडभाड छ, र पनि म एक्लै हुन्छु ।
खुशीयाली छ, उमङ्ग छ , तर पनि भित्रभित्रै रुन्छु ।।
अँध्यारो छ मेरो जगत , कसैले रोसनी लुटेदेखि ।
दिल खोली कैले हाँसें र म, मनसँगको नाता टुटेदेखि ।।
उशाले चियाउँछे चरी नी गाउँछे, हँदैन फेरि किन बिहान् ।
सिङ्गो रात जाग्छ कसैलाई माग्छ, लोलाउन दिन्न आशाको चिहान् ।।
एकान्त साथ छ उदासी पास छ, बिछोड्को सिलसिला जुटेदेखि ।
दिल खोली कैले हाँसें र म, मनसँगको नाता टुटेदेखि ।।