नेपाली

हरि फुयाँल/ फिलाडेल्फिया-अमेरिका

कवि

 

नेपाली हूँ जगत भरिकै शान्तिको दूत एक
शत्रू मित्रू  धनि गरिबमा एक गर्ने विवेक ।
जस्तो जाहाँ जति जति सुकै मिल्छ त्यस्मै रमाई
गर्मी जाडो जल थल सबै भाव एकै बनाई ।।(१)

कैले आफ्नै जनम भुमिको मृत्तिका खेलि खेली
सन्तत्तीको जनम सफलै पार्दछू दुःख  झेली ।
कैले टाढा अधिक दुरमै पुग्दछू जोश साथ
दुष्टात्माका बसि संग सधैं भर्छू सत्प्रेम गाथ ।।(२)

कैले काँही  खबर दुखिको बुझ्दछू सट्ट जाई
जे जेआफू संगछ दिइ त्यो गर्छू सेवा रमाई ।
मेरो कोही जगतभरमा छैन शत्रु  कदापी
दाज्यू भाई दिदि बहिनि औ ठान्दछू इष्ट साथी।। (३)

पाखण्डीका परिभुँवरिमा त्यागि सर्वश्व सारा
एक्लो नांगै बरु हिडदछू प्राण राखी सहारा ।
त्यस्ता पापी खल अधमको केहि गर्दीन हानी
टाढा बस्छू बरु दिनदिनै छैन कत्ति रिसानी ।।(४)

नेपालीको यहि गजबको शान हो विश्व माझ
गद्दी त्यागी वन वन घुमी शान्तिका अग्रदूत ।
नारी जातीहरु सब महाँ सत्यको श्रोत अर्को
वैदेहीमा अधिक छ सबै विश्वमा छैन अर्को।।(५)

लाल्सा लोभी पनहरुकुनै छैन मन्मा विकाश
सेवा गर्ने मन दिलहरू विश्वमा फैलदैं छ ।
आफू आफ्नो सब त्यजिकनै खूसि बस्ने प्रजाति
नेपालीनै भव विचमहाँ  शान्तिको अग्र जाति।।(६)

Leave a Reply

Your email address will not be published. Required fields are marked *