नो लोपेन

पेन्सिलभेनियाँ निवासी, भोला तिम्सिनाको भर्खरै ‘ नो लोपेन ‘ नामक पुस्तक बजारमा आएको छ । अङ्ग्रेजी भाषामा लिखित  भोलाको  पहिलो पुस्तक
अमेजन मार्फत ‘ सेल्फ पब्लीस ‘  भएर प्रिन्ट अन डिमान्डमा आएको हो ।
नो लोपेन आवरण तस्विर 
चिराङको गैरीगाउँ भुटानमा जन्मिएका उनको पुस्तकमा ‘ त्यहाँ देखि यहाँसम्म’का कुरा  छन् ।  लेखकको भाषामा ‘ त्यहाँ ‘ अर्थात् जन्मभूमि भुटान ,
शरणार्थी शिविर र ‘ यहाँ ‘ भन्ने शब्दले  अमेरिकन परिवेशको चित्रण गर्छ । उसो त तिम्सिनाको यस पुस्तक आवरणमा देखिएको भुटान, नेपाल र
अमेरिकन झन्डाले पनि विषयवस्तुको झलक  साङ्केतिक रूपमा केही बताइ सकेको छ ।
 जोङ्खा भाषामा ‘ लोपेन ‘ अर्थात् शिक्षक भन्ने जनाउँछ । त्यसकै अघि ‘ नो ‘ भन्ने अङ्ग्रेजी शब्दको मिश्रण छ । लेखकले प्रस्तुत पुस्तकमा
‘ नो लोपेन ‘ किन भनेको हुन् त्यो बुझ्न त उनको अङ्ग्रेजी पुस्तक नै पढ्नु पर्ने हुन्छ । १७६ पृष्ठ र १३ वटा च्याप्टर रहेको यस पुस्तकको मूल्य  १२.०० डलर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *