पराधीनता र जंगली फूल

देव लामा-अमेरिका

कवि
कवि

 

तिमी बगैंचामा फुलेको फूल

ढुंगाको देउता चुम्न सक्छौ

शिरफूल भएर फुल्न सक्छौ

बिजय उत्तसवको माला बन्न सक्छौ

अरु धेरै थुप्रै बन्न सक्छौ

म जंगली फूल न म शिरफूल हुन सक्छु

न म मन्दिरको लायक बन्न सक्छु

न म बिजय उत्तसवको माला हुन सक्छु

म तिम्रो नजरको पलाँस ….

हामी बीच आकाश धर्तीको फरक छ, म मान्दिन

नङ-मासुको सम्बन्ध छ, म भन्दिन

तर फरक अनि भिन्नताहरु जरुर छन्

जंगल र बगैंचा हामीबीचको दूरी हुनसक्छ,

भिन्नता र फरक कदाचित होइन;

तिमी फुलेको गमलाको धुलो

म फुलेको जंगलको हिलो

एउटै हुनुपर्छ फरक यति हो,

तिम्रो र मेरो तुच्छ मस्तिष्कको उपज

धर्तीमा कोरिएको परिधि भिन्नता रती होइन,

फरक हुँदै होइन फेरी पनि फरक छ,

जंगल र गमलामा होइन गमलाको एक मुष्टि

स्वतन्त्रतामा फैलिएर जन्डीषः भएको

तिम्रा जराहरुमा अनि गमलाको मुठी भन्दा

पर रहेर फ़ैलिएको मेरा नागबेली जराहरुमा !

 

“स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *