पानीमरूवा
अजित रुपाबुङ्
भर्मण्ट अमेरिका
मलाई पनि
बाँच्नु थियो
हाँस्नु थियो
नाँच्नु थियो
आर्जन गर्नु थियो
लक्ष्य प्राप्त गरेर
निस्फिक्री यो धरामा
विचरण गर्नु थियो
हजुरले जस्तै
तपाइले जस्तै
तिमीले जस्तै
तैँले जस्तै
तर
कहिले पालो
हजुरले लानु भयो
तपाईंले लानु भयो
तिमीले लग्यौ
तैँले लागिस्
मेरो त पालै आएन
भन्नेहरु हुन
पानीमरुवा ।