प्रेस विज्ञप्ति- साहित्य परिषद् भूटान

साहित्य परिषद् भूटानले हिजो एक प्रेस विज्ञप्ति जारी गरी इच्छुक तथा जागरुक साहित्यप्रेमीहरुलाई परिषदको सदस्यता ग्रहण गरी उसका कार्यक्रमहरुमा निर्णायक भूमिका निर्वाह गरिदिन औपचारिक आग्रह गरेकोछ । परिषदले भूटानीहरु पुनर्बासमा गएका विभिन्न मुलुकहरुमा तत्काल क्षेत्रीय समितिहरु गठन गर्नेसमेत जनाएकोछ।

परिषदका अध्यक्ष भक्त घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ- “विभिन्न कारण र परिस्थितिवश केही समयदेखि सुस्ताइरहेका हाम्रा गतिवििधलाई सक्रिय बनाउँदै हामी हाम्रा सम्पूर्ण स्रष्टा तथा पाठकवर्गको  मनोभिलाषालाई परिपूर्ण गराउने प्रबल ध्येय िलएका छौं “।

परिषदले उक्त संस्था अमेरिकामा दर्ता गरी कानुनी मान्यता प्राप्त गर्दै नेपाली भाषाको सम्बर्द्धनमा सक्रिय रहनेसमेत जनाएकोछ।

सन् १९९३ मा स्थापित साहित्य परिषद भूटान भूटानी साहित्यको सबैभन्दा जेठो संस्था हो।

प्रेस विज्ञप्तिको पूर्ण पाठ यहाँ पढ्नुहोस्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *