फ्लाइट छुट्नु अघि..

कथाकार
कथाकार

जे एन दाहाल
हेरिस्वर्ग, पेन्सिलभेनिया

काठमाण्डौ इन्टरनेसनल एयरपोर्टमा फ्लाइटको समय पर्खिरहेको थिएँ। प्यासेञ्जरको हल्ला र एयर लाइन्सको एनाउन्समेन्टले आरामको सास फेर्न दिइरहेको थिएन। स्टुडेन्ट भिसामा अस्ट्रेलिया हिँडेको मान्छे म। राती पनि अबेरसम्म ब्यागेज मिलाउँदै बित्यो। बिहान बिहानै देखि साथीहरू बिदा गर्न आउन थाले। आफू एक्लै सुतिरहन पनि नमिल्ने। उडान अघिको एक घण्टाको खाली समय गोजीबाट मोबाइल झिकी फेसबुक खोलेँ।मन भुल्याउने कुनै रोचक प्रसङ्ग भेटिनँ। फेसबुक तुरुन्त लग आउट गरेँ। अनि सम्झिएँ, एक क्षण शान्त मनले ढल्कन पाए पनि हुन्थ्यो। यति कैमा एउटी स्लीम फिगर गरेकी केटी म तिर आई। चिने जस्तो पनि लाग्यो, मस्तिष्कले यसै अड्कल काट्न सकेन ।

नजिक आएपछि थाहा भयो उनी माया रहिछिन्, मेरो स्कुलको बेस्ट फ्रेण्ड।
“तिमी यहाँ..?”
दुवैले एक साथ एउटै सवाल गर्‍यौँ। सात साल पछिको भेट ..त्यो पनि एयरपोर्टभित्र । म त एकोहोरो हेरेको हेरै भएँछु।
“रोजगारको निमित्त कतार हिँडेकी।” म झसंग भएँ ।
“तिमी..?”
“पढाइका लागिअस्ट्रेलिया।” यतिन्जेल मैँले उसको रूप, रङ्ग, बोल्ने शैली नियालिरहेको थिएँ। ऊ दुरुस्तै पहिलाको जस्तै थिई ! उही बोली, उही हेराइ, उही बनावोट ।
“तिमी त जस्ताको त्यस्तै छौ। केही परिवर्तन छैन।”
“आफू नि”, उसले व्यङ्गात्म्क शैलीमा भनी।
“के छ मेरा सासु आमा बाबाको खबर?”, जिस्कँदै प्रश्न गरेँ।
“तिमीलाई थाहा छैन?”
कतै केही त भएको थिएन? म थोरै डराएँ ।
“स्मृति उति ताजा छैन। पुरै धर्साहरु घुमिरहेछन्। यस्तो लाग्छ आमाको काख अघि बुवा ढल्नु भएको थियो। त्यति बेला आमा भन्दै हुनुहुन्थ्यो, “मायाका बुवा उठ्नुन उठ्नुन.. मलाई एक्लै न छाड्नु।” आमा रुनु भयो अनि म रोएँ। हाम्रो रुवाई छिमेकीहरुले सुने तर बुवाले सुन्नु भएन। बुवा सधैँका लागि नउठ्ने गरी सुत्नु भएको थियो। आमा झन् भक्कानिएर रुन थाल्नु भयो। म कति बेर रोएँ थाहा छैन। बिउझिँदा खोला किनारमा मेरा अघि दुई लास थिए। मलामीहरु भन्दै थिए, “पहिला बुवा बित्नु भयो रे, त्यही वियोगमा आमा।” दाग बत्तीपछि क्षण भरमा दुई जीवन खारानी भए। हाम्रो लागि नमिठो गरी स्नेहका दुवै छहारी गुमे।”
सुनिसकेर मलाई कस्तो खल्लो भयो। आँखा भरि आँसु टहल पहल भयो। उ पनि विगत सम्झेर रुन थाली। म शब्दविहिन भएँ। उसलाई अँगालो हालेँ। यति नै बेला मेरो एयर लाइन्सको बोर्डिङ्को लागि एनाउन्समेन्ट भयो।
“ग्रेट लस् , आइ एम् सरी टु हेर्य लाइक द्याट”। दुवै खल्लो मन लिएर छुटीयौं। फ्लाईट भरी आखामा उनकै कथा घुमिरह्यो।

Some latest articles by JN Dahal:
[feedzy-rss feeds=”http://bhutaneseliterature.com/label/writer/jndahal/feed” max=”10″ feed_title=”no” target=”_parent” title=”50″ meta=”no” summary=”yes” summarylength=”1000″ thumb=”no” ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *