बाजेको उपदेश (दशैंको आशिर्वाद)

ईच्छा पौडेल / एडिलेड, अष्ट्रेलिया

एक चोटी भए पनि यस्तो दशैं आवस्
सुख-शान्ति भन्दा पनि सदबुद्धि ल्यावस्
सुख-शान्ति-समृद्धि होस् सजिलो छ भन्न
बाली नलाई समयमा कहाँ फल्छ अन्न?

भातृत्त्वको खेत-बारीमा प्रेम बीउ छर
लिन सबै अघि बढ्छन् दिने बानी गर
सद्भावनाको गंगा जलले आत्मा पार शुद्ध
आफैंभित्र भेट्टाउने छौ  महान् ज्ञानी बुद्ध।

आफैं जालो बुन्दै आफैं किन पर्नु फन्दा
कुवा खनी राख अघि घर जल्नु भन्दा
धर्म भन्दै पाप गर्दा ईश्वर ढाँटिदैन
मानवताको पूजा गर्दा धर्म साटिंदैन।

4 Replies to “बाजेको उपदेश (दशैंको आशिर्वाद)”

  1. Dhruva

    Ichha Bhai,
    sacchai ramro kavita lekhe chhau. ma ekdamai selected article haru man paraune manchhe. bhawanatmak, tara artha purna. well done!

Leave a Reply

Your email address will not be published. Required fields are marked *