बादलका टुक्राहरू…
समुद्र सतहदेखि
अलि–अलि गरी
हावासंगै…
अल्लरेपन घुमाउँदै
माथि–माथि जान्छन्
अग्लिएको भानसंगै
एक्लै, आफै रमाएर
तल हेरी
जमिनलाई
सलाम गर्छन्……..
पानीको कण न हो
आफैमा टुक्रिँदै जोडिएको
वास्त हुँदैन…
निक्कै माथि पुगे पछि
घमण्ड भरिन्छ
समुद्रको सन्तान सम्झदै
ठूलो हो–हल्ला गर्न थाल्छन्
एकोहोरो गर्जनमै मस्त हुन्छन्
जति माथि गए पनि
आखिर उनी
पानीको वाफ न हो…
हुस्सु, कुहिरो र बादलको
संज्ञा पाउँछन्
कालो, चीसोको
दोष पाउँछन्…
कोषौं अग्लिए पनि
घुम्दा–घुम्दै
थाक्नु पर्छ
थकाईले….
डाँडा, पहाड र हावासंग
ठक्कर खान्छन्
अनि…
असुरक्षित तरहले
वर्षा बनी
जता–ततै
वर्षनु पर्छ
र
उही पुरानै
गाँउ ठाँउमा
झरेर फेरि मिल्नु पर्छ …..।
‘sunkoshako jasto swachchha paani maaiko kaha chha ra
aafno jasto swachchha mona daju-bhaiko kaha chha ra’
I still could remember/recall Hem Bhandari of Kantipur F.M reading these lines, your well-flaired lines of ghazal in ‘Spandan’. Lot more to hear from you!
Thank you Yam Dai. Nice to see you here . Good job you have done comming with your meticulously decked lines to sate the thirst of the readers of bhutaneseliterature.com.—Dom
You are great! Yam Ji. Here is my remembrance to you and all. keep in touch with your more articles especially, gazal. Hopefully, see you soon.