बिभेद

आचार्य प्रभा
दमक

बिपन्न तन लिएरै पनि
सम्पन्नताको छाती लिएर
महानताको धुरी चढ्ने मनहरु
धेरै छन् यहाँ
तर समयको पावन्दीले
साँच्चै ती मनहरुलाई
कंगाल झैं बनाएको छ
त र …,
सम्पन्न तनहरु भने
अकिंचन झैं खडेरी मन लिएर
लालचको सन्दुक भर्ने सपनामै
तल्लिन छन् हर पल
अफ्सोच! तर त्यो
लालची सन्दुक कहिल्यै
चुलिन सक्दैन
मृत्युपर्यन्त,
बरु बिपन्न तन र सम्पन्न मनहरु
अग्लिएर स्वाभिमानको भण्डार भर्न
सक्षम बन्छन् ।

हाल: अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *