बैसाखी
Guests, Nepali
कवि
टंक उप्रेती
काठमाडौँ
लडिरह्यो लडिरह्यो
हात
आजीवन
कही लेख्नका लागि
जब
हासिल गर्यो अबसर
रोज्यो
रेडिएसन कक्षबाट
भर्खरै झिकिएको
अर्वद रोगी कलम
र
लेख्यो उसले पनि
उनै फोसिल शब्दहरु
उत्पिडन र आंशु
भने
अद्यापि सक्रिय छन्
बनाउन
बलियो वैसाखी ।
You might also like
Tags: Bhutanese Literature Tanka Upreti