भक्ती गीत

टङ्क आचार्य
केन्टकी, अमेरिका

१)
बुबा मेरो राम जस्तै आमा मेरी सीता
तिम्रा वाणी मेरा लागी रामायण र गीता

२)
खुसीका हौ सागर तिमी दुखको सहारा
नहोस् दुख भनी मलाई दिन्छौ सधैँ पहरा २
तिमी ईश्वर तिमी पूजा तिमी नै प्रमेश्वहृ
सधैँ सेवा गर्न पाउँ (चरणमा परि )२

३)
भोक प्यासमा पिलाउने दूधको त्यो धारा
त्यही अमृत मेरालागि जीवन जल धारा
मलाई चोट लाग्यो भने पीडा हुन्छ तिमीलाई
तिम्रो सेवा गर्न पाए पार मिल्छ जीवनलाई

४)
तिमी नै हउ पशुपति तिमी पार्वती
तिमीलाई छ है हाम्रो नमन कोटि कोटि
तिमी नै हौ हाम्रालागि सबै चार धाम
तिम्रै नामले पुरा हुन्छ हाम्रा हर काम

५)
बुबा हाम्रा ईश्वरसरि रामायणका राम
सधैँ हामीलाई साथ दिने झरी अनि घाम
हाम्रालागि दिन रात गर्‍यौ समर्पण
पुनरजन्म पाएँ भने छुन्छु तिम्रै चरण

६)
तिमी ईश्वर तिमी पूजा तिमी नै परमेश्वर
सधैँ सेवा गर्न पाउँ (चरणमा परी )२
बुबा मेरो राम जस्तै ………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *