भुटान हाम्रो जन्म भूमि

इन्द्र प्रकाश खवास
अमेरिका
पढ–पढ भाइ बहिनी ,अघि बढ्नलाई
भुटान हाम्रो जन्म भूमि ,अमर राख्नलाई,
आज हामी साना छौ ,भोलि ठुला हुन्छौ
देशको माया गर्नू पर्छ ,वान्वित हुन्छौ ।
आउ भाइ बहिनीहरू ,हात मिलाऊ
दुःखको बोलीलाई ,अमृत बनाऊ।
देश हाम्रो सानो छ ,राम्रो सजाऊ
फूल बारीको बिचमा ,बाजा बजाऊ ।
घन्कियोस् हाम्रो बाजा ,विश्व भरीमा
झल्कियोस् देश भरी ,गौरवमय गाथा ।
छहराको पानी ,हामी भर्नु पर्छ
देशको माया गर्दा–गर्दै ,हामी मर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *