म जुन र सुनको किरण
“क्षितिजको मित्र”प्रकाश धमला
अष्ट्रेलिया
म सानो छँदा
मेरी हजुर आमाले
ऊ…….माथि देउती माता भनेर जून देखाउनु हुन्थ्यो
म रोइरहे पनि चुपचाप रहन्थें
मेरो कर्कश पनि ठप्प हुन्थ्यो
त्यही समयदेखि हुनुपर्छ सायद
जूनलाई शालिन र विनयशील ठानिरहें
शालिनता र विनयशीलता आमामा हुनुपर्छ भनिरहें
हो मैले
जूनलाई आमा मानिरहें
थाहा छ,
म आमालाई शान्ति मानिरहन्छु
तर,
आजकाल, राँके जुलुस बोकेर
असंख्य ताराहरु जूनसमिप जाँदै गरेको समाचार छ
म डराइरहेछु
म अत्तालिरहेछु
म बेहोस हुन खोजिरहेछु
कतै मेरो बाल्यकालको
एक जोडी वरपीपल त ढल्ने होइनन् ?
अहिले,
म रोएको रात,
जून पूर्णिमा भएर आउन सक्दिनन्
म थाकेको रात
शीतलता बनेर छाउन सक्दिनन्
नाङ्गो सडकमा निदाएको रात
प्रिय जुन धुवाँ चिरेर आउन सक्दिनन्
त्यसैले,
म हरेक सन्ध्याहरुमा
सुनका किरणहरु बटुलेर
हरेक मध्यरातहरुमा आँखाका ज्योति बटुलेर
जूनलाई समर्पण गर्ने पक्षमा छु ।।
soonsaan raatma
juneliko saathama
phool li haatma
timi aaune parkhaima
aaja timro kabita paye
mero ta maan matra hoina
mastiska nai royechha
thahai nopai saptakoshi
nayanganga bhayera bagechha