म त आजै मर्छु होला

गीतकार
गीतकार

सरोज घिमिरे
तनहुँ, नेपाल

अन्तिम सास जानेबेला तिमीलाई नै खोज्छु होला
हेर्छु दायाँ बायाँ आफन्तलाई सोध्छु होला,
तिमि हुन्छ्यौ धेरै टाढा म त आजै मर्छु होला…

अबदेखि कहिल्यै मेरो नाम नलिनु प्रिय
खरानी न हुन्छु म त दागबत्ती दिए,
बाँकी जीबन धेरै बिताउनु छ तिमीले,
जसो गर्दा खुशी हुन्छ्यौ त्यसरी नै जिउनु प्रिय,
अन्तिम सास जाने बेला……..

याद आउन सक्छ कुनै दिन नसम्झे झैँ गर्नु
शंका गर्लान् आफन्तले आँसु पुछ्न पर सर्नु,
खुशी दिनु आफन्तलाई धेरै माया गर्नु
स्वार्थी छ यो दुनियाँ कसैको भर नपर्नु,
अन्तिम सास जाने बेला………

जब साँझ पर्छ चादनी चिहाउनु
सपनीमा आउँला म तिमी निदाउनु,
अन्तिम सास जानेबेला तिमीलाई नै खोज्छु होला
हेर्छु दायाँ बायाँ आफन्तलाई सोध्छु होला
तिमी हुन्छ्यौ धेरै टाढा म त आजै मर्छु होला …!

Leave a Reply

Your email address will not be published. Required fields are marked *