म यस्तैमा रमाउँछु

गीतकार

लक्ष्मी गौतम
नर्थ केरोलिना, अमेरिका

कहिले हाँसो त कहिले आँसु रहेछ जिन्दगी..
म सधैं यही खेलमा रमाएँ…
यो मन लाइ बाँधी…जिन्दगीको यही नेलमा रमाएँ…!!

यी आफ्नो मन र न्यानो पन आफैंसँग टाडा हुँदा …
स्वर्थले भरिएको, झूट महलको संसारमा रमाएँ…!!

शिशिर यामको सुख्खाले सुकाउँदा….
सबैबाट तिरष्कृत, आँसुको जरुवामा रमाएँ… !!

जिन्दगी हाँसो र आँसुको मेल रहेछ…
म त त्यसैमा रमाएँ…!!

जिन्दगी उर्लिदो सम्बेगको भेल रहेछ…
मैले त्यही भेल मन पराएँ…!!

 

One Reply to “म यस्तैमा रमाउँछु”

  1. Pasupati Acharya

    अति राम्रो लक्ष्मी. नाम पनि लक्ष्मी, मान्छे पनि लक्ष्मी नै हुन्. पर्यश गर्नु होस् सारै राम्रो छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *