मधुमासमा मन जल्यो
श्याम खानेल
ओहायो, अमेरिका
वैशाखी-मधुमासमा मन जल्यो बूझाउनू के गरी ।
मेरो गाउँ र देश दूर विरहीको वेदनाले गरी ।।
यो वेला नव पाउला र पहरा, डाँडा, पखेरादिले ।
आऊँदैछ कि पो भनेर विचरा हेर्दा हुनन् आशले ।।१।।
आऊला कि भनेर चाँप र गुराँस् बाटो विचार्दै हुनन् ।
नौ रंगी छरि फूल वासन भरी डाँडा सिँगार्दै हुनन् ।।
काहाँ छौ नि! भनी वनै-वन नजर्दीनन् दिदी बैनिले ।
यस्तै प्रेम छटा दिँदै कुन-कुना चार्ली नि! वासन्तिले ।।२।।
हिन्थेँ ढाकर ली बजार म, अघी त्यो दीनको यादले ।
बाटो तेहि कुरी विचार गरँदी साँगूरि भन्ज्यांगले ।
नौलो साल पुरानु याद हुन गै झन् कोइली वन् महा ।
घन्काई कन तानमा नि विचरी रूँदै हुँदी हो त्यहाँ ।
रातैमा पनि गोलसीमल चरी आलाप गर्दी कति ।
यै सम्झी मन जल्छ निष्ठुर वनी वैशाख आए जति ।
यै सम्झी मन जल्छ निष्ठुर वनी वैशाख आए जति ।।३।।