मनको उडान

–टीका ढुङ्गाना/ विन्डसोर, क्यानाडा

मेरो माया तिम्रोलागि ,
गुलाबको फूल जस्तो।
जति माया लाए पनि,
उति हुने भयो सस्तो।।

तिमीसँगै सपनीमा ,
बढी सकेँ अब।
जति टाढा भए पनि,
पहाडमा चढी सकेँ अब।।

तिमीसँग हुन पाए ,
मीठो हुन्थ्यो जीवन।
तिमी नभए,
फिक्का लाग्छ यो मन।

सँगै सँगै हिँड्ने अब
सँगै सँगै सास लिने
यात्रा अलग हुन सक्छ,
गन्तव्य हो बास लिने।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *