मनको पीडा

इन्द्र पि. ढुङ्गेल
काेलम्बस, अमेरिका

मनभित्र पीडाले छटपटाई रहेर
यति धेरै पिरोल्न थालेपछि
हिरा पनि तुच्छ हुन्छ यहाँ
ढुङ्गा हो भनी फलेपछि

हिमालको के महत्त्व छ यहाँ
हिउँ पग्ली बग्न थालेपछि
शुद्ध दूध पनि सराब बन्छ यहाँ
एक थोपा सराब हालेपछि

जमानाले यहाँ मिच्दै गयो
नयाँ पुस्ताले राज गरेपछि
सिमानाले म पराई भएँ भन्छ
सधैँ किल्ला सार्न थालेपछि

कल्पना त कल्पनामै सीमित भए
एकर्कासँग भेट नभएपछि
माया मार्नलाई गाह्रो रैछ यहाँ
पराईले माया गर्न थालेपछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *