मानव हंस
भो जन्म यो भूवन ताल जल्मा ।
सन्सारको चाल परी अकल्मा ॥
वस्नू छ यो मानव हंस कुल्मा ।
छर्नू चुचाले वसनू वगाल्मा ॥१॥
विश्वास सब्को मनका अकल्मा ।
विद्वान वा मूढ बुझेर पल्मा ॥
पुर्याउनू हीत सदा सफ़ल्मा ।
चर्नू चुचाले वसनू वगाल्मा ॥२॥
सेवा गरौँ सत्य समाज वल्मा ।
मेरो न तेरो सवका सफ़ल्मा ॥
मानौ सवै मित्र बनाइ दल्मा।
चर्नू चुचाले वसनू वगाल्मा ॥३॥
ऊढी मरौँ व्यर्थ नहौँ सुजन्मा ।
बूढी नमर्नू पिरबोकि मन्मा ॥
गर्नूछ उध्दार रही टहल्मा ।
चर्नू चुचाले वसनू वगाल्मा ॥४॥
यस्तो भए मित्र रहे अचल्मा ।
निश्वार्थ सेवा गनियोस तल्मा ॥
स्वार्थी बने सद्गुण भो कुचाल्मा ।
चर्नू चुचाले वसनू वगाल्मा ॥५॥
निस्वार्थ भावीछ सधैँ सफ़ल्मा ।
स्वार्थी पछी गै ठहरिन्छ खल्मा ॥
विचार साँचो मनको नकल्मा ।
चर्नू चुचाले वसनू वगाल्मा ॥६॥
(इन्द्रवज्रा छन्द)