मुकुट खोल

हेमन्ता अधिकारी
अमेरिका

सफलताको बाटोमा टाढा
जानु पर्दैन
टाढा हुने आकाशको
टाढा भन्नु पर्दैन ।

जे जित्न सक्छौ,
आफू भित्र पाउँछौ
आफूलाई स्विकारेपछि,
अरू जस्तो बन्नु पर्दैन ।

महासागरको माछा,
हिमाल चुली चढ्दैन
हिमालको डाँफे,
पानी भित्र पौडी खेल्दैन

तिमी अर्कै हौ
मुकुट नलगाऊ
खोलेर हेर, बोलेर हेर,
मुकुटले थुनी रहनु पर्दैन
आफूलाई स्विकारेपछि,
अरू जस्तो बन्नु पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *