मुस्कानको महत्व त एउटै हुन्छ

कवयित्री

सीमा राई

लिपिक्कै लालीले पोतिएको ओठ होस् या
धुलोले चरचर फुटेको ढाक्रेको ओठ
भोक, प्यासले सुकेको मजदुरको ओठ होस् या
डर, त्रासले काँपेको कैदीको ओठ
मुस्कानको सुन्दरता त एउटै हुन्छ
भिखारीको कटौरीमा मोहर झर्दा होस् या
जुवाडेको खल्तिमा करोड पर्दा होस्
महान हस्तिको मान प्राप्तिमा होस् या
गरीबको झुपडिमा छानो लाग्दा होस्
मुस्कानको मतलब त एउटै हुन्छ
कसैको सुनदन्ते  मुस्कान होस् या
कसैको थोते मुस्कान
चाउरिएको अनुहारमा अस्ताचलको मुस्कान होस् या
दुधे बालकको अबोध मुस्कान
मुस्कानको महत्व त एउटै हुन्छ

म्युनिख, जर्मनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *