मेरो देश

टीका ढुङ्गाना
क्यानाडा

मेरो देश, मेरो भाषा र
मेरो जन्मभूमि।

त्यो देश,
जहाँ मेरो कला र संस्कृति जन्म्यो,
मेरो देश,
जहाँ हरियाली नै हरियाली छ,
त्यो देश,
जहाँ हामी नेपालीको,
रगत र पसिना लुकेको छ !

कसरी भुल्न सक्छ होला यो मनले
त्यो देश जहाँ मेरो
सिर्जनाको सास छुपेको छ।

मेरो त्यो देश,
जहाँ हिमाल र पर्वतको बिहानी हुन्छ,
त्यहाँ मेरो सम्झनाको ढुकढुकी छ,
जहाँ गए पनि,
जहाँ रहे पनि
मेरो देश मेरो मुटु माझ नै रहने छ।
जस्तै, आफ्नी आमालाई बिर्सिन सकिँदैन,
त्यस्तै मेरो देश,
बिर्सिएर बिर्सन सकिने छैन।
मेरो देश हो नेपाल,
म हुँ नेपाली,
मेरो भाषा हो नेपाली,
छोरी म नेपाली।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *