मोनोग्राम प्रतिको घृणा
डा. लक्ष्मी ढकाल
द नेदरल्याण्ड्स्
एन. पी. रेग्मी गोशी निम्न माध्यमिक विद्यालयका नेपाली शिक्षक थिए। वहाँसंग कविता र कथा बिहुँजाइ विद्यार्थी समस्त पस्किने विशेष खुवी थियो। ठेट गाउँले पारामा उल्लेख गर्ने कलाले होला विद्यार्थीहरु वहाँप्रति आकर्षित हुन्थे। भाषा र परिभाषाको सागरमा विद्यार्थी लट्ठ भएको पाउँथे। फेरि वहाँ आफू पनि अति अतिरोचक एवम् उत्तेजना साथ अझै टुक्काहरु थप्दै, पाठअघि बढाउनु हुन्थ्यो। अर्को शब्दमा भन्नु पर्दा कथा होस् या कविता, विद्यार्थीको जीवनमा परिभाषित गरी शिक्षाको रुपमा परिणत गर्ने विरलै तेज थियो रेग्मी सरमा।
मोनोग्राम शीर्षकको कथा हाम्रो एक पाठ्यसामग्री थियो। यस कथाका पत्र एक प्रगतिशील दाजु र तिनका भाइ थिए। दाजु कलेज पढ्ने विद्यार्थी हुन् भने भाइ चाहीँ, भर्खर प्राथमिक स्कूल जान्छन्।
हरेक विहान भालेको डाकमा दुई दाइ-भाइको दैनिकी प्रारम्भ हुन्थ्यो। दाजु चाँहि कलेज जाने तयारीमा व्यस्त हुन्छन्। भाइ भने दिन नबिराई दाजुको कलेज प्रस्थानको तयारी अवलोकन गर्दै, मनको मण्डलमा अर्कै सोच र कल्पनाको प्रतिबिम्ब विकाश गर्ने गर्छन्।
रेग्मी सर कथा यसरी प्रस्तुत गर्नुहुन्छ – प्रश्नै प्रश्नबाट सुरु हुन्छ यो कथा। कसरी त्यो प्रेरणा? कसरी त्यो गाउँमा यस्तो उदाहरण? यस्तै यस्तै धेरै प्रश्न यस कथाले पाठकलाई सोध्छ। एउटै घरमा हुर्केका २ दाजु भाइ, एकै बाबु-आमाबाट स्नेह पाएका बच्चाहरु र आपसमा पनि प्रेमको डोरो अवर्णनीय देखिन्छ। यस कथामा भाइ घर भित्रकै दाजुको कलेज प्रतिको लगबलाई प्रगतिको उदाहरण स्वरूप मान्छन्। रेग्मी सर भन्नु हुन्थ्यो, भाइलाई २ कुराले हरेक दिन झड्का हान्छ। सानै उमेर भए पनि यी कुराले तिनको मस्तिष्क चाट्ने गर्छ। मुटुको धड्कन उरालिन्छ, चिट चिट पसिना आउँछ र कता कता असजिलो महसुश हुन्छ। यी दुई प्रेरणा थिए – ब्लएजरकोट र मोनोग्राम।
हरेक विहान सुरु हुन्छ काटीमा झुण्डिएको निलो रंगको ब्लएजरकोटबाट। दाजु कोट झिक्छन्, एक दुई चोटी झड्कारेर सर्लक्क लगाउँछन्। भाइ एउटा पनि हालचाल नबिराई, ध्यानका साथ हेर्छन्। निलो कोटमाथि रातो टाई बाँध्छन्। भाइ हरेक सार पच्छ्याउँछन्। अन्तिममा विशेष सुरक्षाका साथ मोनोग्राम टिप्छन्। तीनवटा तारा भएको सुनौलो रंगको थियो त्यो मोग्राम। तल्लोपट्टि दुई धानका बालाले त्यो मोनोग्रामलाई अझै श्रृङ्गारित देखिन्थ्यो। मोनोग्राम र ब्लएजरकोटकोटले उनको अनुहार झल्झल चम्किन्छ। सानो ऐना छ उनका घरमा, अगाडि उभिन्छन् र आफ्नो शारीरिक बानोट, ब्लाजरकोट र मनोग्राम चेक गर्छन्। भाइलाई यी हेरेक कुराले अघि बढ्ने सन्देश मात्र दिन्थ्यो, उत्प्रेरित हुन्थे उनी।
कताकता रेग्मी सरले मनोग्रमको कथा मेरो जीवनमा जोड्न पुगेको महसुश भयो। गाउँको जन्म थियो। धेरै कुरा देखेर जान्ने मौका थिएन। त्यसैले पनि होला सायद, आफ्ना परिसरबाट दिमाग टाढा जान सकेन। मैँले पनि प्रगतिको प्रतीक या मनोग्राम आफ्नै घरभित्रैबाट छान्न पुगेँ। प्रतीकको स्वरूप आफ्नै दाजु र मनोग्राम भने दाजुको पूर्वी भूटानमा अति चर्चित माठा डिजाइनको बक्खु स्थापना हुन पुगेँ। जति सोच्दै गयो, जति मनमा कुरा गुन्दै गयो दिनका दिन आकाङ्क्षा बढ्दै गए। हाम्रो गाउँमा बक्खुको नियम भर्खर मात्र सुरु भएको थियो।
कसरी यी बिम्बहरू मेरो मस्तिष्कमा रोपिन पुगे, यसको जवाफ नत त्यति खेर थियो नत समयले नै बताउन सक्ने छ। बच्चाको मनोविज्ञान केलाउँदा सायद दाजुको जागिरले घरको वातावरण रातारात परिवर्तन हुँदा सब्कन्स्योस धारमा यो कल्पनाको वृद्धि हुनपुग्यो होला। अरु केही नयाँ कुराको त्यहाँ थप थिएन । केवल एक मात्र नयाँ कुरा थियो– बक्खु। सबै प्रगतिहरु बक्खुमा जोड्न पुगेँछु। बाबा र आमाको भने बक्खुले मनको देउता खुसी नभएको संकेत प्रष्ट हुन्थ्यो। तर म भने, टक्का लगाएको घोडा झैँ मेरो मोनोग्राम बक्खु अँगाल्दै अघि बढेँ।
छोटै समयमा मोनोग्राम प्रतिको आस्थाले प्रगतितर्फ प्रेरणा दिएको महसुश हुन्थ्यो । तर समयको तोक्लाई शिरोपर गर्नु पर्ने बाध्यताले आफ्नो प्रतीक र मोनोग्राम घरमै छोडी, उच्च शिक्षाकालागि गाउँ छोडी सेमगाउँतर्फ लागेँ। त्यस सालको बर्खा अति रुन्चे भयो- भेलबाढी र झरी। डम्फु र दागापेला जोड्ने कच्चा बाटो बर्खे भेलले बगायो। डाकवालाले चिट्ठी बोक्ने कुरै भएन। टेलिफोन थिएन। महिनौँ बिते, मोनोग्राम कल्पनामा मात्र सीमित रह्यो।
स्कुलमा चिठी आउँदा बोर्डमा नाम टालिन्थ्यो। दिन नबिराई बोर्ड चेक गर्थेँ। आन्त्यत: बाटो खुल्यो। गाउँले साथी बिष्णुकान्तको चिठी आयो। गाउँ न हो, गाउँको के नै विशेष खबर हुन्छ र! मलाई दाजुले चिट्ठी लेख्दा , विष्णुका घरको खबर नलेख्ने हाम्रो संस्कार थिएन। उनको चिठी आउँदा, चिठी संगै पढ़्थ्यौँ, उनको अलि धेरै खबर र मेरो अलि थोर खबर, – त्यति मात्र फरक हुन्थ्यो । अनौठो र अचम्म भयो। विष्णुको चिठीमा मेरो नाम लेखिएनछ। कहिल्यै यस्तो हुँदैनथ्यो। मलाई त नमज्जा लाग्ने नै भयो तर विष्णुलाई भने आत्मग्लानी भयो। कति स्वार्थी मेरो परिवार, कति बैमानी मेरो सन्तान तिनका आँखाले, तिनका अनुहारले भनेको देखियो। तर गाउँको खबर जे आयो सबै राम्रै थियो। बाटो खुल्यो, त्यही थियो खुशीको सन्देश, हामी दुबैलाई।
पाँच दिन पछिको कुरा हो। पहिलो घन्टी (First period ) थियो। जोन सर हिसाब पढाउँदै थिए। प्रिन्सिपलको कार्लालयमा आउने आदेश छ भन्दै पिउनले मलाई डाके। हस्यांग -फस्यांग गर्दै प्रिन्सिपलसामु पुगेँ। तेरो घरबाट चिठी आएको छ, प्रिन्सिपलले भने। चिठी आयो, हर्षले ठाउँ छोड्यो। चिठी दिँदै प्रिन्सिपलले ‘मेरो अगाडी पढ्’ भने। चिठी खोलेको थियो। यसरी चिठी खोल्ने चलन केही महिना अघिबाट सुरु भएको थियो। दिदीको लिपि, दिदीले चिठी लेखेको – अचम्म लग्यो। सधैँ दाजुले लेखेको चिठीमा घरका अरु परिवारले दुई -चार पंक्ति थप्ने चलन थियो हाम्रो घरको। कति बिस्वाद । कति तितो। गाउँ नै बाँधियो रे, गाउँ नै पक्राउ परो रे। बाबा, दाजुहरु लगायत गाउँका धेरै छिमेकीहरु कारागारमा जाक्यो रे। घर लोग्ने मान्छे बिनाका भए रे। हात कामे, चिठी अघि बढाउन सकिन। म लाटो भएँ। म बिथोलिएँ। अगाडी को बाटो बन्द भयो। मलाई रुन आएन। प्रिन्सिपलले भने-“अहिले क्लासमा जा, फेरि बोलाउँछु।” भारी मन, भारी खुट्टा, मुटुको धड्कन सुस्त भयो। म बाहिर निस्किएँ।
विष्णुको चिठीमा किन मेरो नाम थिएन? जवाफ पाएँ। मेरो नाम नहुनु नै स्नेय रहेछ। बाबा पक्राउ परे, दाजुहेरु पाता कसेर चलन भयोरे भन्ने खबर लेख्ने कलम तिनका घरमा कसरि हुन्थियोर।
बीस वर्ष भएछ। एउटा मोनोग्रामको कथा जगाई, ममा जोश र जाँगर रोप्ने रेग्मी सर यो संसारमा रहेनन्। लोग्ने मान्छेबिनाको गाउँको खबर लेख्ने दिदी पनि हामीबीच छैनन् । त्यसो त मेरो मोनोग्रामको प्रतीकको स्वरूप दाजु पनि यस संसारमा रहेनन्। एक मात्र जिउँदो रह्यो – मेरो मोनोग्राम। बक्खुलाई मोनोग्राम स्वीकार्ने मेरो कोमल हृदय, मेरो बाल्यकालको निर्दोष सोच आज भड्कियो। आज खिन्न खिन्न मन छ। अनि बक्खुको मोनोग्रामप्रति चरम सीमाको घृणा गर्छ।
Read it; a great piece! I really loved the way he ended the piece. We readers of literature expect more of such pieces, Dr. Dhakal. Can’t wait to read your next piece.
It is the great piece of writing. love to read more such writing from Laxmi sir.
Mindblowing piece.I used to read Dr.Dhakals’ piece when he was our teacher.I can’t wait too long to read other creations sir.
Can’t believe Laxmi it’s been 20 plus years since that fateful year when our lives were torn apart forever. Great piece of writing.
रेअल्ली अ ग्रेअत पीएस ओफ अर्तिच्ले.
Madhav bhai thanks for your appreciation and good word. Narottam, pleasure to read you back. Yes, difficult to weave the torn out memories. But, memory surf’s them often. Hope to hear you back often. Ghana Shyam sir, thank for your reaction. Hope all is fine. Lakshmi
It is a lovable peace of writing with the remembered activities of Late N.P. Regmi. He who had done a lot of contribution in the constructive and suggestive manner to the Bhutanese community starting from Goshi Junior High School till the end of his life in the Refugee camps as a whole and his missing or away from us with his seen figure after leaving behind all his constructive activities with in us made our community a great loss and will remember in our hearts and memories forever.