केही युग्मकहरु

कालुसिंह रनपहेंली/भारत

स्रष्टा कालुसिंह रनपहेंली
स्रष्टा कालुसिंह रनपहेंली

-महामूर्ख कालिदास
……………
महामूर्ख बनेका थिए कालिदास
उल्टो हाँगो काटेर
महाज्ञानी बनेका छौं हामी सिधै रुख ढालेर।

-सुरक्षा
…….
“म‌”-लाई “हामी”-भित्र बाँधेर राख
हेर त्यो कति सुरक्षित छ!

-मादल र नौमतीहरु
……………
बजाउनु थियो उहिले
सजाउनु भयो अहिले।

-क्रान्तिकारी भिखारीसित
……………..
अँजुली माग्न नआऊ
मकहाँ मसित त मुट्ठी मात्रै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *