रमाइलो तीज

उपेन्द्र रेग्मी / कान्सास, अमेरिका

आयो तिजै सबतिरै दुनियाँ हँसाई
पानी झरी छ अनियो हरियाली छाई
साथै छ रक्त फरिया गहना सजेको
गुन्जाय मानछ सबै सुखमा रमेको
।। ०१ ।।
सालै भरी घरघरै पसिना बगाई
माईतिकै सपनि त्यो मनमा सजाई
बस्छन् तिचेली दुःखमा पनि सास फेर्दै
आएन भाइ किन हो भनि ध्यान गर्दै
।। ०२ ।।
आएर दाजुहरुले घरमा विदाई
मागेर शान्तमनले भगिनी सजाई
त्यो भाद्र शुक्ल द्वितिया कतिभाग्य दाई
खाई मिठाइ अनि गाइ सबै रमाई
।। ०३ ।।
गर्छन् कुरा दुःखसुख मनमा जमेका
काला र तुच्छ नमिठा जनमा भएका
धोई पखालि गरिसाफ सबै रमाए
फालेर रोग सुविचारहरु सजाए
।। ०४ ।।
अर्को छ भाद्र तृतीया अति मर्म शाली
गर्छन् पुजा शिवजीको शुभ दीप बाली
मन्मा विचार शिवपार्वतिको जगाई
गर्छन पुकार हरिको दिलमा सजाई
।। ०५ ।।
भन्छन् हजार असिआठ सजाइ वात
नारीहरु सरलता सुख शान्तिसाथ
छुट्छन् ति पाप कसरी रजमा डुबेका
पूजा गरेर ऋषिको अनि ज्ञान सुनेका
।। ०६ ।।
यो बातमा ति अबलाहरु एक साथ
हुन्छन् पवित्र नरनारि हुँदैन ताप
पूजा गरी सबजना सुखमा रमाए
फल्फूल् अनेक थरिका प्रभुमा सजाए

WordPress database error: [User 'fjelltop_bluser' has exceeded the 'max_questions' resource (current value: 1)]
SELECT SQL_CALC_FOUND_ROWS wp_comments.comment_ID FROM wp_comments WHERE ( comment_approved = '1' ) AND comment_post_ID = 3444 AND comment_parent = 0 AND comment_type != 'order_note' AND comment_type != 'webhook_delivery' ORDER BY wp_comments.comment_date_gmt ASC, wp_comments.comment_ID ASC

Leave a Reply

Your email address will not be published. Required fields are marked *