रविलाई खुला-पत्र

सीएम निरोला
न्यू ह्याम्प्सायार, अमेरिका

रविजी, हाल तपाईँ हिरासतमा हुनुहुन्छ । यो एउटा गतिलो पाठ हुने भो । गान्धी, मन्डेलादेखि परिवर्तनकारीहरू यसरी नै हिरासत / कारागारको जीवन बिताएर आए र विशाल परिवर्तन ल्याए । अब पालो, तपाईँको ! रविजी, सायद तपाईँको कार्यक्रम ”सिधा कुरा जनतासँग” मैले पूरा विरलै हेरे होला । तर तपाईँको ५ मिनेटको ओपनिङ एक एपिसोड पनि नबिराई हेरेथे, क्या दम थियो, कार्यक्रममा भन्दा पनि ! अनि तपाईँले जीवन बुझ्ने मौका पाउनु भो। जीवन्त भएर आउनुहुनेछ । हुन त सत्ययुगमा कृष्ण पनि कारागारमा नै जन्मे, भगवान् रामदेखि पान्डिसम्मलाई बनवास पठाइयो । तर सत्यको जित भएरै छाड्यो । त्यस्तै उनको आमूल रूपमा परिवर्तन ल्याउने पालो, तपाईँको ! आमूल परिवर्तन भनेकै के हो ? नेपाल सधैँ अस्थिर त छँदछै नि।

म नेपाली-भाषी मात्र हुँ । न नेपाली नागररक, न त्यहाँ जन्मेको तर पनि जीवनको आधा भाग शरणगत भएर जीवन बिताएँ, मेरो भन्दा त्यो देशको माया धेर लाग्छ । नेपालको माया लाग्छ धेर ! अनि पुन: स्टुडियोमा आउँदा तपाईँमा अर्कै चमक हुनेछ । राजपरिवारदेखि मदन भण्डारीसम्मको हत्याकान्डको पर्दाफास तपाईँले गर्नु पर्ने छ । तपाईँले भन्नुभयो नि त प्रहबाटै असुरक्षित छु भनेर । हो असुरक्षितलाई मर्नको के डर ? जति बेला पनि मर्न सक्नुहुन्छ, त्यसैले मर्नुअघि चलचित्रमा देखाइने पत्रकारझैँ एउटा नायक पत्रकार बनिनु पर्‍यो । तपाईँ सोच्दै हुनुहुन्छ होला, ”ठुला मिडिया र सेलिब्रेटी किन मौन ? बिचराहरूको आफ्नै विविधता छन् । आज पनि आवाज विहीन छन्, तपाईँजस्तो बोल्ने हिम्मत अझ आएको छैन तिनलाई पुन: आँटको सार्थ र आवाज दिनुहोला । भ्रष्टाचारका नाममा साना माछा होइन, ठुला-ठुला माछालाई अवश्य नङ्ग्याउनु होला । षड्यन्त्रकारीको पर्दाफास होस् । यसरी अन्य रवि विना-कसुर कारागार जानु नपरोस्, निर्मलाहरूका हत्याराहरू समातिउन् । रविजी, पत्रकारका नाममा अरूलाई बदनामी गराउनेलाई पत्रकारिताको पाठ सिकाउनु होला । िवदत लाएर बदमासी गर्नेलाई ठेगान लगाई राष्ट्रभक्त सिपाही र प्रहरीको शक्ति बचाउन सहयोग गर्नुहोला । राजनीतिको नाममा दशे लुट्नेलाई कहाँसम्मको बदनाम गर्न सकिन्छ, खोजी खोजी गर्नुहोला । जहाँ देश लुट्न त के सोच्ने आँट पनि नआओस् । ती त नेपाल सङ्गीत भइहाल्यो नि। यी तोकेको समयमा काम नसकेको मनमा रविको त्रास होस्, सेलिब्रेटी बेच्ने, बलात्कारी र हत्यारालाई हजारौँ पटक रवि, रवि र रवि भन्ने झझल्को आओस् । तब बन्छ असल समाज। हो रविजी, यी असहाय र अशक्तको किरण बन्नु नै पर्ने भो । बरु भोकै मर्नु होस, तर मित्रले नै चिया पिऊँ भने भने पनि आफ्नै गोजीको तिर्नुहोस् र उसलाई पनि किनिदिनुहोस , तपाईँलाई आनन्द त्यहाँ आउने छ । एक रुपैयाँ मागेर होइन,बरु च्यातिएको पोसाकमा टिभीमा आउनुहोस्, शत्रुहरूको मुटु काम्नेछ ! तपाईँको सम्पत्तिको छानबिन होइन, यति छ भनेर हरेक महिना सार्वजनिक गरिदिनुहोस तर न्यायको पक्षमा एक पैसाको पनि सम्झौता नगर्नुहोस् । त्यति भएपछि त तपाईँसँग काल पनि डराउँछ, नेपाल पनि बन्छ । अनि त तपाईँले आफैँ काललाई निम्ता दिँदा मात्र आउनेछ । सायद तपाईँको आवाज विरलै काम्यो होला, कलम लितरायो होला, र शब्द फुरेन होला । तर यी आवाज बुलन्द बन्नु पर्छ , कलमले सही लेख्नु पर्छ र शब्दहरू बमझैँ विस्फोट हुनै पर्छ । ती अन्याय र अत्याचारको पनि अन्त्य हुन्छ । त्यति भएपछि न समाजले न्याय माग्न रविकहाँ आउने छ, न त अत्याचार र षड्यन्त्र ! धेरै शब्द थिए लेख्न मन अझै थियो। तर मैले पनि कहीँ न कहीँ छपाउनु पर्छ , तिनले छपाउन नमान्लान ! त्यसैले आजलाई यति !

Leave a Reply

Your email address will not be published. Required fields are marked *