राजनीति

दीर्घराज प्रियसी
हाल: मुम्बई, इन्डिया

यसै फागुनको महिना, केही काम गरेर थाकेको म अचानक अर्को काम आईपर्‍यो रत्नपार्कबाट पुरानो बसपार्क जानुपर्ने भयो। एउटा साथीपनि जानै आँटेको रहेछ। सँगै जाने कुरा भयो र हामी हिँड्यौ त्यहाबाट।
गर्मी शिर चढेर बोली रहेको जस्तो लाग्थ्यो बाटोमा माइक्रोहरूको बिगबिगीपनि यस्तो लाग्थ्यो कि सडक तिनेरूको बाउको हो। छोटो दुरीका छिनमै हिँडेर गन्तव्य भेटाउनेहरूलाई पनि तिनेरू तानेर गाडी भित्र कोच्नै लागेजस्ता लाग्थ्यो। हामी ठेलमठेल भएको एउटा माइक्रोमा चढ्यौं, माइक्रोमा बस्ने ठाउँ थिएन। ढाड तेर्सो पारेरै हामी बसपार्क पुग्नुपर्ने भयो।
माइक्रो हिँड्यो। माइक्रोभित्र बसेका भलादमी जस्ता लाग्ने दुईतिन जना मान्छेहरू सरकारको खै कुन कुरामा विरोध गरिरहेका थिए। मैले सुने नसुने जस्तो गरिरहेँ तर साथीले निकै चासो लिरहेको रहेछ। हेर्दाहेर्दै मुद्दाको विषय बहसमा परिणत भयो। दुईजना मान्छेहरू बिच भनाभन भयो।
साथीले मतिर हेर्दै  “सडेगलेकाहरू त्यहाँ पुग्दैनन् यहाँ बटारिन्छन्” भनिहाल्यो। म उसको अनुहारमा हेर्‍या हेर्यै भएँ। बकवास बहस थियो त्यो मैले अनदेखा गरेपनि साथी जोसीदै थियो तिनेरूसंग बहस गर्न। त्यसो त साथी कुनै राजनीति पाटीको कार्यकर्ता पनि त हो। उ बटारिनु सायद उसको धर्म हो र पनि मैले उसलाई शान्त रहन अनुरोध गरिरहेको थिएँ बिचबिचमा।
नभन्दै साथी तिनीहरुसंगै उल्झीयो, विवादमा तानियो ऊ पनि। माइक्रोबाट उक्लने र उत्रनेहरू पनि ठिक हो, ठिक होइन भन्दै बाटो नाप्दै थिए। बहस यतीसम्म अराजक भइदियो कि उनीहरु साथीसँग र साथी मसँग सन्कियो । म दङ्ग रहेर त्यो दंगलको दर्शक बनिरहेँ।
केहिछिन पछि स्टप आयो, म र साथी उत्रनु पर्ने तर साथी उत्रेन । म उत्रिएँ। एकदम बेचैनी भइरहेको थियो। “आफ्नो ज्यान भन्दा ठुलो अर्थोक हुनै सक्दैन है” साथीलाई यती भन्न भ्याए। माइक्रो हुईकि सकेछ। मनमनै सोचे ज्यान भन्दा ठुलो अर्थोक हुँदै होइन। साथीले के सोच्यो कुन्नि। म एकछिनको लडाइको भयङ्कर चपेटाबाट बाहिर निस्किए जस्तै भैरहें।
गन्तव्य लाग्दै गर्दा मनैमन एउटा वाचा गरे, राजनीति जस्तो लाग्ने विषयमा सार्वजनिक स्थानमा कहिल्यै नबोल्ने। तर यसको मतलब यो पनि होईन कि हामीले असलमा सलाम र खराबमा खबरदार गर्न छोड्नु पर्छ।
वास्तवमा अहिले पनि देशको राजनीतिक माहौल खराब छ। घरमा दाजुभाइ बिच मनमुटाब छ। चिया पसलमा यसै विषयको झगडा छ। भट्टी पसल तिरका कुरा नगरौँ ।
यो समयमा जो प्रकारले आम मानिसहरूमा नेताहरूप्रति जो आफनत्व प्रेम देखीईरहेको छ यसको कारण हामी यती अन्धभक्त भइदिन्छौ कि आफ्ना असल मित्र, शुभचिन्तक, पडोसी अझ यतीसम्म कि आफ्नै दाइ भाइसँगपनि बाझाबाझ गरी दिन तम्सीन्छौ। अनि यती मिठो प्रेमील, सुन्दर जीवनको वास्तविक सुख र आनन्द लिनबाट वञ्चित हुन्छौं ।
यसकारण पनि भन्छु ,”राजनीतिक विषय मे ज्यादा न उल्झें और अपने जीवनका असली आनन्द उठाये, हमेसा मुस्कुराने कि कोसिस करे…।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *