वन राजाको पुकार

राधा काफ्ले 
क्यानाडा
कहाँ गयौ वनराज अब
आउँदैनौ कि फेरि ?
छ हजार बसेका छन्
तिम्रै बाटो हेरि
खेदाई दियौ एक सय हजार
गुफा, गुँड जम्मै लुटी
छानी छानी बेची दियौ
पार लाऊ न रहेका ती?
ल्याऊ तिम्रा सेनाहरू
फ्याउरा, ब्वाँसा थिए जति
कि वार कि पार लगाई देऊ
आशा राख्यौँ तिमी माथि
लौन वनराज तिमी मात्रै
त्यो वनको राजा
मान्दै आयौँ अझै पनि
गर्छौँ तिम्रै आशा !
समयको चक्र सँगै
बद्लिँदै छ संसार
समस्याको समाधान
गर लौन सर्कार
बाटो खन्यौ तिमीले नै
बन्द गर तिमी आफै
उठ वनराज उठ अब
बोलाँउदैछौँ हामी सबै
उठ वनराज उठ अब
बोलाउँदैछौँ हामी सबै ।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *