विदाइ
मेरो चिनो फूल ल्याई मेरो लासमा फालीदिनु
बिधाईको दियो मलाई सत्ये सम्झी बालिदिनु |
मरेतुल्य भए म त तिमी राम्रो बाँची बस
सुखसंग दिन बिताई तिम्रो जीवन साँची राख,
यो दुखीको चिठी पत्र अंगेनोमा हालिदिनु
बिधाईको दियो मलाई सत्ये सम्झी बालिदिनु |
फक्रिएको फूल आज ओइलिएर त्यसै झर्यो
बिछोडको पीडाले नै म त अब मर्नु पर्यो,
म मरेको चर्चा सुनी थपडीले ताली दिनु
बिधाईको दियो मलाई सत्ये सम्झी बालिदिनु |