विप्लव

कवि

टंक उप्रेती
काठमाडौँ

घामको पिरामा बसेको छु
र निरन्तर चोइटीरहेछु
शब्द भएर
ठोकिइरहेछ आवाज
चट्टानमा जोडजोडसँग
बोकेको छु, चट्टानबाट
आगो उठेको सपना
र ध्वस्त पारको खुनी नङ्ग्रा
ताजा छ,
विस्फोट र लप्का उठको आगोको
छाम्छु खरानी
जीवित छैन जस्तो त लाग्दैन
तैपनि
किन उठ्दैन
एकमुष्ट विप्लव ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *