विवाहको लगन

यतिराज अजनबी / एडिलेड, अष्ट्रेलिया

‘म’ तिमीलाई दियो,
‘तिमी’ मलाई दियो
नाथे एकदिने खेतालो
भएर पनि कति ठूलो
हाजिरा लियो
यो विवाहको लगनले |

तिमी ममा भित्र्याउने
नाटक गरेर रित्याउनु रित्यायो
पुर्ख्यौली भकारीहरू,
एक चिम्टी सिन्दूर

नौ दश लुङ
पोतेको व्यापारमा
लुट्नु लुट्यो
दिनदहाडै हामीलाई
यो विवाहको लगनले |

यो अन्यायविरुद्ध
नारा जुलुस लगाउन
न मैंले सकेकोछु
न कसैले सकेको छ |
एउटा हातमा संस्कृति

प्रतिस्पर्धाको रिवल्भर
बोकेर अर्कोमा
मान्छेको निर्बलतामाथि
खुल्लमखुल्ला बलात्कार गर्छ
यो विवाहको लगन |

फाल्गुन २० २०६०, विराटनगर

One Reply to “विवाहको लगन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *