भाग्य फेर्ने

कवि

श्याम प्रसाद खनाल
ओहायो, अमेरिका

छन्द:उपेन्द्र बज्रा
ज     त    ज्  दुई दीर्घ
(ISI-SSI-ISI-SS)
नसोचिएको पनि भोग्नुपर्ने,अचानकै क्यै गरिभाग्य फेर्ने।
विधी बनाई कन ईश नौलो,बन्यो दुँद्यारो जडिएर पौलो।।
दुधै भरीए शरि आज हाम्रो,अमेरिका बस्नमिले छ राम्रो।
भनी  दुनियाँ  कतिहर्षमा  भै,उदाउँदासूर्यसमानका झैँ।।१।।

मरेपछी स्वर्ग न मिल्न सक्ला, बरू  जिऊँदो रहँदै छ मौका।
विचार यो भै कन हो किपक्का, बिहार,आहारमहा छ जत्था।।
अमुल्य नै कौन रहे छ आशा, जुवा पछार्छन् बिधिले तृपासा।
मतो मिलेमा छ जगत् मुठीमा,  हुँदानफाटो  बनिए   गरीमा।।२।।

यसो!  बुझेता अति मोलमानै, कतै  वरै  ज्यान हुने सुधानै।
बुझेनि  यो  देश  छ  ज्ञानमानै,  विचारनेको  अमराजरानै।।
फुर्फूरलेमात्र  त  हुन्नभाग्यै, बढाइपौरख् दिनुमाछ जो क्यै।
मणीभरीको पनि खानिमा भै,”कुरीन”भैयो त भने छ व्यर्थै।। ३।।

बुझीकुरा  एति स्वभावराम्रो,लिनन् युवालेछ विचारहाम्रो।
हुँदैन झ्वाट्टै सबकाज राम्रो,अथक् रही पार्नुछ धुर्ब तारो।।
रचे अरूले छवि ऊडि कत्रो,बनीन तेस्तो कहिलेर हाम्रो।
अरू र भूटानिछ भिन्नतारो,कस्तोअनौठो बिधिलेविचारो।।४।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *