सकिन बाँड़्न नयाँवर्षको शुभकामना

डम्बर ओस्ती / क्यानाडा

नयाँ वर्ष आयो
शुभकामना आदान-प्रदान हुनथाले,
मलाई पनि शुभकामना आइरहेका छन्,
सोच्दैछु,
यसपालिको नयाँ वर्षमा के शुभकामना साटुँ,
सबैले सफलताको कामना गर्छन्-
खोइ म त आफैं,
असफल जीवन भोगिरहेछु,
कसरी दिउँ अरुलाई सफलताको शुभकामना…?
आफैँ गतिहीन छु,
कसलाई दिउँ प्रगतिको शुभकामना…?
आफ्नै लक्ष हराइरहेको अवस्थामा,
कसलाई गरुँ लक्ष प्राप्तिको कामना…?
आफैँ अस्पतालको शैयामा बेहोस छु,
कसलाई दिउँ सु-स्वास्थको शुभकामना…?
त्यसैले मित्रहरु,
सकिन बाँड़्न नयाँवर्षको शुभकामना !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *