समाज: हिजो र आज

मदन दुलाल
पेन्सिल्भेनिया, अमेरिका 

दराजमा एउटा पुस्तक छ
धुलाम्मे
माउले खाएको
लाग्छ केही दशक पूर्व लेखिएको हो
उठाउॅंदा धुलो उड्यो
जसरी उफान पूर्व उड्ने गर्छन् पंक्षिहरू
र व्याप्त भयो चारैतिर
के
उडेको धुलोले समाजमा व्याप्त विसङ्गतितिर सङ्केत गर्दै थियो?
या
व्याप्त विसङ्गति धुलो झैँ उडेर जान्छ भन्ने ईंगित गर्दै थियो?
प्रश्नहरूको तरङ्ग तरङ्गित भयो
प्रश्नहरूको सगरमाथा लिएर
पुस्तक भित्र प्रवेश गर्दै गर्दा
प्रश्नहरू अनुत्तरित रहे
शनै: शनै पुस्तकको विशाल परिधि विचरण गर्दा
थाहा भयो
पुस्तक पुर्वपिठिका र उत्तरपिठिकामा विभक्त रहेछन्
विभक्तिको अनुराग
समाज विखण्डनको जरोकिलो
पुस्तिकाको सगोल भूगोलको सार यस्तो थियो
पूर्व पिठिकाको:
समाजमा भातृत्व थियो
– मातृत्व थियो
– सह अस्तित्व र समता थियो र
– थियो मनविय मूल्य मान्यता
उत्तरपिठिका:
समाजले एव रितले
    – कृष्ण जन्मायो
    – जिजस र मोहम्मद जन्मायो
    – बुद्ध जन्मायो
    – मार्क्स जन्मायो र
    – समाजलाई विसर्जन उन्मुख गरायो
पुर्वपिठिकामाथि निर्मम प्रहार गर्ने
उत्तरपिठीका भयो हर्ताकर्ता
र चलायो कैँची
कैँची जो रूछाउॅंछ फुट
कैँचीका विपरीत गोलार्धमा उपस्थित
समाज दर्शनका यी दुई पीठिका
लाग्छ समानान्तर रेखा हुन
जो कहिल्यै आपस्तमा  भेट हुने छैनन्
लाग्छ यी दुई पीठिका नदिका दुई किनार हुन
जो एक अर्काको नजिकै बस्छन्
तर विभक्तमा विश्वास गर्दछन्
विभक्तिको बिरूपताले
चाहे त्यो भोल्गाको तट होस
या चाहे त्यो गङ्गाको विशाल घाँसे मैदान नै किन नहोस्
जन्माउने त कुरूपता नै हो
समाज रूपी यस विशाल पुरातन पुस्तिकामा
-कृष्ण
-जिजस
-मोहम्मद
-बुद्ध
-मार्क्स
कसले किन के प्रयोजनको लागि जन्मायो हॅं?

Leave a Reply

Your email address will not be published. Required fields are marked *