समुद्र छाम्न झरेकी जून
एकलाश मूर्दाघाट
सुतिरहेको समुद्र छाम्न झरेकी जून
ऐनाको सुन्दरता र यौवनवासना थेग्न नसकी
समुद्रको पौरुष कसी लाउन हाम्फालिन्
आकाश– भत्किएको डुङ्गा
रुन्छ शीतका आँशु जंगली पातहरुमा
चिहाएर समाधिमा चुर्लुम्म जून र समुद्र
माथि डिलका बूढो रुखलाई
गुनासो पोख्छ मनका ज्वालामूखी
तिनीहरुलाई ब्यूँझाउन
हावा, किनारका बालुवा रगेटेर बढार्छ
आकाशको अनुरोधमा
आकाशतिरै हेर्दै
बगरका चीसो सिरेटो
रातका सन्नटालाई रेटेर भ्वाइलिन बजाइरहेछ
(२०६५/०८/०४)
धरान
श्री खालिङको ‘धनेहरु निरन्तर हिँडिरहे’ कविता संग्रहबाट