सम्वाद- “हिउँ र हावा”

श्यामप्रशाद खानेल
ओहायो, अमेरिका

हिउँ :-   हावा ? तिमी ठुलो हौ कि म ठुलो ?
हावा :-  ल तपाईँ नै भन्नु न त! तपाईँको शक्ति कति छ ?
हिउँ :-   मेरो शक्ति ? ए !! मेरो शक्तिले म के के गर्छु भनेर तिमीलाई थाहै रहेनछ  ।
हावा :-  हन के नै छ र तेत्रो ठूलो शक्ति मुला, जाबो अलिकति तातो न भेट्दै पग्लेर पानी हुनु परेको हामी देखिरा’का छौँ !! ल !! के के न गर्छु अरे हाहा………
हिउँ :-  हावा तिमी पनि त कसैले देख्ला की जस्तो गरेर केहिले नदेखिइकन लुकेरै निर्वाह चलाई राखेको देख्ने दुनियाँका आँखामा फुलो पर्‍या छ कि क्याओ?
हावा :-  न देखेर के भो त? म त नदेखिँदै पनि आफूले आँटेको काम पुरा गर्नलाई कहिल्यै छोड्ने छुइँन l कुनै व्यक्तिको नि  क्षमता र पुरुषार्थमा भर परेको हुन्छ सन्सार!बुझ्नु भो हिमदाइ?
हिउँ :-  ओहो !! तिमीले क्षमताको कुरा गर्दा त! मलाई अर्को याद आयो । ल सुन !! मेरो क्षमताको कुरा ।
विश्व भरीको अग्लो र कहिल्यै नघट्ने, भुईँबाट उँभो आकाश तिर फर्केको के छ हावा? ल भन त?
हावा :-  ए !! त्यो त नेपाल देश भित्र पर्ने सगरमाथा हिमाल हो ।
हिउँ :-  त्यसो भए ! त्यो त सबै हिउँले नै बनेको हो नि हैन र !! अनि हिउँ जति अग्लो हुने क्षमता र दिगो समयसम्मपनि नघट्ने क्षमता हिउँमा भइराखेको आजसम्म देखेका छैनौ त? हावा भाइ? तिमी त नि तत्त्वबस्तु मात्र हावा हैन तिम्रो त सोच, विचार र कुरापनि हावै रछन् ल  ।
हा हा हा हा हा………… कति हाँस्नु मेरो त हाँसेर मुखै च्यातिने भो अहा हा हा हा हा !
हावा :-  ए !  मूर्ख हिमदाइ? मेरा कुरा ध्यान दिएर सुन त  । त्यस्ता-त्यस्ता अरू पनि साना ठुला सन्सारका हिमालहरूलाई पनि नि रक्षा गर्ने र दीर्घजीवी बनाउने यो           सन्सारमा एकमात्र बस्तु के छ? ल तिमी आफैँ भन त  ।
हिउँ :-  ती सबै साना र ठुला हुरी, बतास चलेका भरमा दरिलो बसेका हुन्छन् !
हावा :-  हो !! त्यही नै मुख्य कुरा हो अव बुझ्नु भो हिमदाइ? हावा बिना जल, थल, वनस्पति पदार्थ, पशुपक्षी र किरा आदि जीव-जनावरहरू यो सन्सारमा बाँच्नै सक्तैनन् ।   लौ भन त?
हिउँ :-  खोइ!  मता! हावाभाइ! एक भन्नु न, दुइभन्नु भएँ!
अब हावा बिना बाँच्नै नसकिने रहेछ त! भने अग्लो हुनु पनि केही ठुलो होइनरछ! ठुलो त्यहीपो रछ जो चाहिँ आफु आफ्नै परिश्रममा बाँच्ने अनि अरूहरूलाई परेको             कठिनाइ टार्न कोसिस् गर्ने लाइनै ठुलो मान गर्नु पर्दो रछ! त ।
हावा :-  हो !! बल्ल हिमदाइ तपाईँको घैँटामा घाम लागे! तर नि! हिउँपनि सबैतिर हावा जहाँ-जहाँ पुग्छ त्यहाँहुँदि अग्लो-आगो डाँडामा पुगेर देशलाई र ठाउँलाई सुशोभित   चाहिँ पारेको हुन्छ ।
त्यस कारण  तपाईँपनि एकखाले ठुलै र सम्मानित हुनुहुन्छ ।   लौ धन्यवाद हिमदाइ !! धन्यवाद ! हावाभाइ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *