सावधान!

मदन दुलाल
अमेरिका
———-

यता
लास भित्र मुटु चल्न बिर्सेर
आफैँ खोज्नुको आर्तनाद छ

उता,
थाप्लोमा चुहिएको आकाश
आन्द्रोमा भोकको पहिरो
र आँखामा उदासीको ढुङ्गे बगर
.
.
.
[ मैले देशको नक्सा पल्टाएँ ]

देखेँ विपन्नताको द्वन्द्वमा फसेको दुर्गति

भेटेँ सत्ताको क्रूर उन्मादी सहिछाप
.
.
.
देखेर हैरानी
म को हुँ ? सोध्दै छ कर्ण

सावधान!!

कर्णको उत्तर दुर्योधनादिले दिए भने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *