साहित्य परिषद्, भूटानको ऐतिहासिक सम्मेलन (२०१८) सम्पन्न
डा० लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका
नेपाली भाषी भूटानीहरूको भाषा-साहित्यको संरक्षण र सम्बर्द्धनका लागि कटिबद्ध संस्था ‘भाषा परिषद्, भूटानको’ ऐतिहासिक सम्मेलन (२०१८) सम्पन्न भएको छ। यो सम्मेलन जून महिनाको ९ र १० तारिकका दिन अमेरिकाको ओहायो राज्य अन्तर्गत सिन्सिनार्टी नगरमा स्थानीय संस्था ‘भूटानी समुदाय सिन्सिनार्टी’ र स्वमसेवक खेम रिजालको संयोजकत्वमा सम्पन्न भएको थियो । उक्त सम्मेलनमा नेपाल, भूटान, अस्ट्रेलिया, नर्वे, क्यानाडा र अमेरिकाका गरी लगभग तीनसय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
पुनर्वासमा लोपोन्मुख हुँदै गरेको भूटानीमूलका नेपाली भाषीहरूको मातृभाषा र भर्खर जन्मिन लागेको साहित्यलाई संरक्षण र सम्बर्धन गर्ने ध्येयले गतिमान हुँदै गरेको यो संस्था २०१६ मा स्थानीय सरकारमा दर्ता भैसकेको छ । सरकारी मान्यता प्राप्त गरी गैर नाफामुखी संस्थाका रूपमा चिनिन थालेको सो संस्थाले थुप्रै कार्यहरू गर्न बाँकी नै रहेको भएता पनि गैर नाफामुखी संस्थाका रूपमा प्रथम पटक ऐतिहासिक सम्मेलन गर्न सफल भएको उक्त संस्थाले निकै महत्त्वपूर्ण स्तर हासिल गरेको यस सम्मेलनले पुष्टि गरेको छ ।
सम्मेलन २०१८ ले यस संस्थालाई दर्बिलो संस्थाका रूपमा प्रस्तुत गरेको छ । यस सम्मेलनमा परिषद्ले एकै साथ दसवटा कृतिहरूको लोकार्पण सहित ५ वटा कार्यपत्रहरूको प्रश्तुत गरी एक एतिहासिक साहित्यिक महापर्व सम्पन्न गरेको छ ।
यस समेलनमा अर्को महत्त्वपूर्ण कार्य सम्मन्न गर्दै परिषद्ले महत्वपूर्ण शोधपत्रहरू प्रस्तुत गरेको छ । यस क्रममा गङ्गाराम लामिटारेको” पुनर्वासपछि नेपाली भाषा:-समस्या र चुनौती” विषयक कार्यपत्र, डा. लक्ष्मीनारायण ढकालको ”भूटानको नेपाली भाषा–साहित्यिक आन्दोलनमा बनारसको योगदान” विषयक कार्यपत्र, खिम खतिवडाको ”हाम्रो नेपाली भाषा” विषयक कार्यपत्र र शिवलाल दाहालको समीक्षात्मक आलेख ”भूटानको नेपाली साहित्य: केही चिन्तन केही विचरण” प्रस्तुत भएका थिए । यो कार्यपत्र प्रस्तुत गर्ने परम्परा अन्य स्थानहरूमा पुरानै भएता पनि भूटानी समाजमा भने नयाँ सुरुवात देखिन्छ । यसले साहित्यको वैचारिक तथा एतिहासिक पाटोलाई समीक्षा त गर्छ नै साथै शोध र अभिलेखीकरणको मार्ग पनि प्रशस्त गर्नेछ । समग्र साहित्यको स्तरीयता र भावी कार्ययोजना तय गर्न यस्ता शोधपत्रहरूले महत्त्वपूर्ण स्थान राख्दछन् भन्ने कुराको समाजलाई हेक्का हुन जरुरी देखिन्छ ।
परिषद्ले यस सम्मेलनमा स्वयम् प्रकाशित गरेको कथाहरूको संकलन (कथा विशेषाङ्क) लोकार्पण गरी समकालीन आख्यान साहित्यमा एक दर्बीलो पहिचान उभ्याएको छ । ‘समकालीन भूटानी नेपाली कथा’ नामक सङ्ग्रहका नामले प्रकाशित उक्त सङ्ग्रहमा १६ वटा प्रतिनिधि कथाहरू समावेश छन् । साथै यस सम्मेलनमा भूटानी नेपाली साहित्यका प्रगतिवादी कवि तुम्बेहांग लिम्बुको कविता सङ्ग्रह ‘किनाराको प्रश्न’, नवकावि खगेन्द्र भण्डारी ‘जन्तरे’ को ‘सम्झनामा देश’ कविता सङ्ग्रह परिषदले आफ्नै प्रकाशनमा प्रकाशन गर्न सफल भएको छ । यी दुई कृतिहरू सहित जम्मा आठवटा भिन्ना भिन्नै लेखकका कृतिहरू र २ वटा साङ्गीतिक एल्बम गरी १० वटा कृतिहरूको एकै साथ लोकार्पण गरिएको थियो । यी कृतिहरूमा मातृभाषा संरक्षण सामूहद्वारा प्रकाशित तीनवटा कृतिहरू (१ गङ्गा लामीटारेको तरङ्ग,२.प्रतिमान सिवाको जयमायाको सन्तान र हिमशिखरको फूलको धार) रहेका छन् । यसै गरी स्वतन्त्र प्रकाशनमा तैयार गरिएका खेम रिजालको ‘धूमिल जून कविता सङ्ग्रह, आभास रिखाम मगरको “प्रश्नहरूको पहाड” र मनोज राईको शहीदहरूप्रति समर्पित “श्रद्धाञ्जली” गीति–एल्बम र यतिराज अजनवीको गीति–एल्बम ”अजनवी” को पनि यही सम्मेलनमा विमोचन गरिएको थियो ।
यसै गरी सम्मेलनमा उपस्थित कार्यकर्ताहरूले पाँच वर्ष लामो कार्यकाल पछि परिषद्को बागडोर एक पटक पुन: भू पू अध्यक्ष रहेका शिवलाल दाहाललाई सुम्पिएका छन् । उपस्थित भेलाले दाहाललाई निर्विरोध अनुमोदन गर्दै नयाँ बोर्डको तर्जुमा नहुन्जेल्लाई कार्यकारी बोर्ड अध्यक्ष मनोमित गरेको छ । दाहालको नेतृत्वमा अब आवश्यक कार्यकर्तालाई समावेश गर्दै सम्पूर्ण डायस्पोरामा परिषद्को विस्तारीकरण गर्नु पर्ने चुनौती र व्यवस्थापन भने कठिनाइ र खतरा रहित छैन ।
वस्तुत: आफ्नो भाषा, संस्कृतिमा आक्रमण भएर मातृभूमिबाट उच्छेद भएका भूटानीहरूले शरणार्थी शिविरमा सन् १९९३ मा भाषा साहित्यको संरक्षणका निम्ति खोलिएको संस्था ‘भाषा परिषद् भूटान’ कै रुपान्तरित नाम ‘साहित्य परिषद् भूटान’ हो । पुनर्वासका क्रममा केही वर्ष अव्यवस्थित र विस्यार भएता पनि सन् २०१३ मा अमेरिकामा पुन:यसको जीर्णोद्धार गर्दै शसक्तिकरण गरिएको हो ।
उपरोक्त महत्त्वपूर्ण कार्य अतिरिक्त भाषा विषयक छुट्टै छलफल हुन नसके पनि गङ्गा लामिटारे र खिम खतिवडाको कार्यपत्रले निकट भविष्यमा भाषा शिक्षा र पाठ्यक्रम निर्माण अभियानमा तदारुकताका साथ सबैले खटिनु पर्ने विषयलाई जोड दिएको छ । भाषा अभियन्ता डा लक्ष्मीनारायण ढकालले पनि उक्त विषयलाई छुट्टै कार्यशालाको आयोजन गरी अनुसन्धान गर्न विशेषज्ञहरूको उच्चस्तरीय समिति बनाउनु पर्ने विषयमा जोड दिँदै परिषद्लाई निकट भविष्यमा उक्त कार्यक्रमको आयोजना गर्न प्रस्ताव गरेका छन् । यस पछि परिषद्का अध्यक्ष्य भक्त घिमिरेले उक्त प्रस्तावको अनुमोदन गर्दै परिषद्ले छिट्टै नै भाषा शिक्षण सम्बन्धी कार्यशालाको आयोजन गरिने बचन दिएका छन् ।
साहित्य भन्दा पनि वर्तमानमा डायस्पोरामा लोपोन्मुख हुँदै गरेको भाषालाई बचाउन सञ्चालन गरिनु पर्ने अभियानलाई गतिदिन चुनौतीपूर्ण कार्य रहेको सर्वविदित नै छ । भाषा शिक्षणका क्षेत्रमा आ-आफ्नै तरिकाले चलाइँदै गरिएका कक्षाहरूलाई एकीकरण,सक्षम पाठ्यक्रम निर्माण,शिक्षण र अभिभावकहरूलाई उक्त अभियानमा जागरुक तथा संलग्न गराउन स्थानीय संस्थाहरू सँग सहकार्य गर्नु पर्ने समयको अपरिहार्य मांग रहेको छ । यस कार्यमा मात्र परिषद्को उत्तरदायित्व नभएर सम्पूर्ण समाजका प्रत्येक सदस्यको अहँ भूमिका रहेको हुनाले यी सबै विषय वस्तुहरूलाई समेटेर समाजको नेतृत्व गर्नु पर्ने दायित्व भने परिषद्कै काँधमा रहेको देखिन्छ ।