सियो र धागो

जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका

JN Dahal (2)

सधैं सियोमा धागो उनिन्थो

धागाहरु सियामा खुरु खुरु पस्थे तर,

अब समय बदलियो, क्रमहरु बदलिए,

धागामा सियाहरु उनिँदैछन्

धागाहरु पर्खिरहन्छन, भने

सियाहरु एकपछि अर्को गर्दै पसिरहेछन् !

 

जहाँ फूल छ, त्यहाँ भ्रमरा पुग्छन्

उफ्रन्छन्, नाच्छन् र रमाउछन्

तर, अब यस्तो समय आइसक्यो-

धागाहरु फूलजस्तै एक ठाउँमा

शान्त भई ठिङ्ग उभीइ रहन्छन्

सियाहरु जेठो, माइलो, साइँलो र कान्छो गर्दै

क्रमशः पालो पर्खंदै पस्छन् र पसी रहनेछन् !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *