सुधारको अभियान
चिराङ्गे माइलो
भूटानी जनताको कारुणिक चित्कार
अनाथ नारीको सुनिँदैन पूकार
यही पूर्खाको पुञ्जमा छ अस्तित्व लुकेको
छ वीर जाति विश्वमा पुगेको ।
मातृभूमिको अटूट् गरेर ध्यान
ती हजारौं वीरले दिए आफ्नो ज्यान
यी वीर शहीदको अब राखेर मान
कर्तव्य के हो ? विचारेर जान ।
बोलीको सट्टा गोलीले उडायो
देशबासीको होशै हरायो ।
मानसम्मान, इज्जत सब छैन त्यहाँ
विस्फोट भइरहेछ अनेकन जहाँ ।
लुटिए सम्पूर्ण ती दाजुभाइ
खरानी तुल्य बनाइयो घरलाई
लुटियो सर्वस्व अब छैन केही
कर्तव्य के हो ? अब बताउन केही
लुटिए नारीका सिंदूर, श्रृंगार
असहाय चेली हुँदैछन वर्वाद
लुटियो जायजाद सम्पति सारा
लिनु छ टक्कर बद्लिएर पारा ।
भाषा र पोशाक संस्कृति भुलेका
जातीय अस्तित्व सबै खोसिएका
आश्वासन दिन अब घरघर जाऔं
सुतिरहेका मित्रहरु सबै जगाऔं
यो सानो बालकको क्रन्दन सुनेर
जातीय भेदभाव सबै भुलेर
लागौं अब जातिको उन्नति गर्न
सस्तो जीवन छैन त्यसैता मर्न ।
जातीय सद्भाव विचार विहीनको
त्यो बन्धु हुन्न कदापि तिनको
गरौं गरौं झट्ट अठोट लियौं
जातिको निम्ति नै सर्वस्व दियौं ।
आशा र विश्वास यही लिएको
भाषा सुधारको अभियान चलेको
सब विज्ञ जनमा यही मेरो अर्जी
अपर्ण गरौं जीवन अब भाषाकै निम्ति ।।