हरियो बाँस  

इन्द प्रकाश खवास
अमेरिका

यो संसारमा जसले जे गर्छ त्यो आफ्नो लागी गर्छ । राष्ट्र र राष्ट्रियताको लागी होइन । देश र जनताको लागी होइन । मानव जीवनको अधुरो पन्नाहरू पुरा गर्न देश, काल  र बसोबास परिस्थिति अनुसार सबै मानिसहरूको यो संसारमा जन्म देखी मृत्यु सम्मको प्यारो साथी हरियो बास भन्दा अनौठो नहोला । जीवनको हरेक उकाली ओरालीहरूमा मानव समाज भित्र भावना र बिचार त छदैँछ  ,फेरी पनि बुढा पाकाको भनाई छ नि – “हात्तीको देखाउने र चपाउने दाँत ” हुन्छ भने भनाई सत्य हुँदो रहेछ । किनकि प्रत्येक मानिसमा पनि केही न केही स्वार्थ लुकेको हुँदो रहेछ ।

आज भन्दा धेरै वर्ष अघिको कुरा हो । म शरणार्थी शिविर बेलडाँगी दुईमा एउटा सामान्य बाँस व्यापारी थिए । एक दुई घना बास बेचेर दैनिक पारिवारिक जीवन चलाउने एउटा माध्यम बनेको थियो ।

आज भनौँ भोलि भनौँ भन्दा भन्दै, बास  व्यापारले आफ्नो घर परिवार चलाए र पनि दुई पैसा जोगाड हुन थाल्यो । मेरो त्यो सानो घरमा बस्ने मुडा, पिरा,  दैलो, बेरा, खाट,  खामा खुट्टी, डाँडा भाटा, छानो, आफू बस्ने सबै त्यही हरियो बासको थियो ।

केही समय पछि मैले बास बेचेको केही रकम भेला भएको थियो । मेरा आफ्ना साथी भाइहरूले मलाई दमक वडा न० ५ को वडा अध्यक्ष हुनुपर्छ भने भनाइमा म लागी परेँ । यो मान्छेको मन नै त हो । विवाद देखी अछुतो रहन कहाँ सकिन्छ र ! मैले पनि बाँस व्यापार देखी कमाएको दुई चार पैसा चुनाव प्रचार प्रसारको लागी दिएँ।

मेरा साथीहरूले गाउँमा गएर गाउँलेहरूलाई हप्काई दप्काइ मतदान माग्ने काम गरे ।  “तपाईँहरूलाई यहाँ छ नि ? हाम्रो नरे सर यो वडा न० ५ को उमेरदार भएर आउँदै हुनुहुन्छ ! उहाँलाई मतदान दिनु परो ।’

“तपाईँहरूलाई यहाँ छ नि , उहाँ कस्तो मान्छे हो भनेर–? यो ठाउँमा फेरी हामीहरू दोबारा आउनु नपरोस्, किन की ? हाम्रो अरू धेरै काम छ । मेरा साथीहरूको धमास पूर्ण आदेशले सोझा साजा गाउँलेहरू सबै थर्कामान भए ।”

“आब मत नदिऊ भने ज्यानको खतरा  दिऊँ भने ,  दिनदहाडै हत्या गर्ने मान्छेलाई कसरी मत दिनु ?” यस्तो डर लाग्दो अवस्थामा सबै गाउँलेहरूले डराउँदै  नरेलाई मतदान गरे । एउटा सानो बास  व्यापारी देखी वडा अध्यक्ष हुन पुगे । त्यसरी नै दिन प्रतिदिन मेयर,  उपमेयर, संसद् र मन्त्री हुन पुगे । पहिलाको बास व्यापारको भन्दा दुई गुना सम्पत्ति कमाए । तर है,है,र लै,लै,मा कुद्ने बास व्यापारीलाई मन्त्री भए पछि भौतिक, राजनीतिक, कूटनीतिक, र सामाजिक शान्ति चिकित्सा साहित्य अर्थशास्त्र राष्ट्र अनि राष्ट्रियताको रणनीति भनेको के यहाँ । जे भए पनि आफ्नो परिश्रम खेर गएको थिएन ।” ‘किन की मेरो हातमा निकै राम्रो धनराशि फेला परेको थियो ।

अनि त्यो धन राशि नै मेरो जीवनको अन्तिम अन्त्येष्टि हुन पुग्यो । जसरी म माथि पुग्नको लागी जसलाई मैले आफ्नो हत्यारा बनाएको थिए, ‘त्यही मानिसहरू मेरो हत्यारा बनेर मै माथि प्रहार भयो । त्यो उनीहरूको बिचार थिएन । तर त्यो उनीहरूको दैनिक परिश्रमको कमाई थियो ।

किनकि उनीहरूको पनि आफ्नो जस्तै सानो घर परिवार बालबच्चा थिए । आ–आफ्नो दैनिक पारिवारिक जीवन चलाउनको निम्ति मैले उनीहरूलाई पैसा नदिए पछि नै ती मानिसहरू हत्यारा बनेर मलाई प्रहार गरे । कर्म अनुसारको फल मानिसले भोग्नु नै पर्दो रहेछ । मेरो मृत्यु भयो । धन,सम्पत्ति, रुपियाँ। पैसा, सुना, चाँदी, चिला कार, साथी सङ्गी, श्रीमती छोरा, छोरीसँग मोज, मस्ती, गरेर घुमे ता पनि ! अन्तिम बिदाइको दिन हरपल मलाई साथ दिने ती हरियो बासले बनेको डोली नै अति प्यारो हुँदो रहेछ  ! जन्म देखी मृत्यु सम्म आगोको   ज्वाला भर–भरभराई रहँदा पनि आदी जलेर मलाई मायाले चुम्बन गरी रहने एक मात्र ती मेरा प्यारा साथीहरू हरियो बासलाई म, जीवन्तता भुल्ने छैन !!! धन,सम्पत्ति, रुपियाँ । पैसा, सुना, चाँदी, चिला कार, साथी सङ्गी, श्रीमती छोरा, छोरी यो सबै लोके कृति कुले वृत्ति भने झैँ” “आउँदा एकलै, जाँदा एकलै”, आउँदा नाङ्गै , जाँदा नाङ्गै , त्यसैले मानव जीवनको उधार र मुती नै शब्द ब्रह्मा हो । यो शब्द ‍  ब्रह्मलाई ध्यान राख्नु नै हाम्रो जीवन सार्थक हुनेछ !!!”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *