अँध्यारो

कवि

शिवलाल दाहाल
खुदुनाबारी, झापा

धेरै दिन पछि
कोठामा फर्किएको छु
जताततै माकुराका जालहरु छन्–भित्तामा
नाक पोल्ने हुस्से र ढुसी गन्ध छ
सायद मान्छे नभए पछि
अँध्यारो आफै जन्माउँछ
माकुराका जाल र ढुसी गन्धहरु
कति सजिलै
अँध्यारोले आफै बनाउँदोछरहेछ आफू जम्ने ठाउँहरु
अँध्यारोले आफै पाउँदोरहेछ आफू रम्ने ठाउँहरु

रचनाः १७ जुलाई,२०११

 

 

One Reply to “अँध्यारो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *