अतारोत ( मुकुटहरू)

अर्जुन प्रधान
अमेरिका
पाप  स्वभावमा डुबेको संसार
धर्ती यो अकासको एउटै आकार
बनाउँदै झुटा गवाही र वचन सुनाउँदै
बेमानी, बेसरम पाखण्डी अतारोतहरू
सृष्टि गर्नुहुने ईश्वरलाई धोकाबाजी गरेर
नाम र काममा  नक्कली दस्ताबेज बनाएर
कति ? शोषण गर्न सक्छन् निर्माणमा
बेमानी, बेसरम पाखण्डी अतारोतहरू
यहाँ बहुमूल्य धातुहरू कुँदेर बनाउँछन्
न हुन्छ कुनै सभाव, न त कुनै  व्यवहार
खाली शोषण मात्र गरिरहेछन् प्रतिरुपी देखाइ
बेमानी, बेसरम पाखण्डी अतारोतहरू
ईश्वरको अवतार देखाए अन्धकार  हेर्नेहरू
सत्य वचनलाई घुमाइ फिराइ आफ्नो बनाउनेहरू
कति दिनसम्म क्रसको आवाज फेर्दै बस्छौ
आऊ अतारोतहरू
एक चोटि पवित्र सास फेरेर चम्काइ लेऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *