अनुत्तरित प्रश्न

माया भट्टराई
केन्टकी, अमेरिका

म आफ्नो घरबारी छोडेर भूटानबाट
बाहिरिनुको कारण सोध्छु घरमा
आमा, दिदी, मामा-माइजू, भिनाजु लगायत आफूभन्दा ठूलाबडासँग, तर कसैबाट सही उत्तर पाउँदिन,
कसरी हामी आफ्नै भूमिबाट विस्थापित भयौँ?
यो मेरो प्रश्नको कसैले उत्तर दिँदैन,
हामी यता आएसी कुनै कुनै नेपालका साथीले भन्छन् की,’
‘तिमीहरूको पुर्ख्यौली थलो पो हो त नेपाल, कहिले आउँछौ फर्केर’,
म के भन्नु भन्नु अकमक्क हुन्छु,
अनि सोध्छु घरमा फेरि,उत्तरमा खै मात्र पाउँछु,,
त्यसैले म यी कुराहरूमा अनभिज्ञ नै छु अहिलेसम्म पनि
सानै थिएँ उबेलामा
भूटानबाट लखेटिँदा पनि, अनि परिवारबाट, आफन्तबिच, कोहीबाट नि सही उत्तर पाउँदिन मेरो सोधाइको,
तर सधैँ एउटा कुरा चाहिँ सोचिरहन्छु की,
यदि नेपाल हाम्रो पुर्ख्यौली थलो हो भने त
यै थलोमा हामी पुर्खाका सन्तानलाई
चाहिँ किन शरणार्थी बनाएर राखियो त?
आखिर हाम्रा हजुरबा, कुप्रा हजुरबाहरूले
पनि दस नङ्ग्रा खियाएर खाँबा किल्ला ठोकेर
घर कटेरो बनाएका थिए होलान्
हाम्रा नाता नातिनी पनातीनालाई हुन्छ भनी
साँचेका थिए होलान् ,
तर हामीलाई नेपाली बनाएर राख्नु त कता हो
शिविर क्याम्पको दायरामा राखिएको थियो।
हो यस्तै प्रश्नहरू उब्जिन्छन् मेरा मनमा तर कसैबाट सही उत्तर पाउँदिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *