आँप र चाँप

कवि

श्यामप्रसाद खनाल
पीए, अमेरिका

मनलाइ रुचाइ दिने मजले,
वर तृप्त सुगन्ध दियो जसले ।
फ़ल पूष्प मधू रस पूर्ण गरी,
तव दान छ अमृत लाभ शरी।
गुण तुल्य छ आँप र चाँप भरी ॥१॥

चुचि आँप छ प्यस र भोक हरी,
सुन चाँप फ़काउँछ दुःख हरी।
नव वासन दिन्छ उ कान्त भरी,
गुण तुल्य छ आँप र चाप भरी॥२॥

शुभ स्वास्थ्य दि मानव पक्छि महा,
मन काम बढाइ दिने सवमा।
निज भूतल औल र लेक गरी,
गुण तुल्य छ आँप र चाँप भरी॥३॥

अ उलो तिर आँप उ फ़ल्छ मिठास,
फ़ुल लेक छ चाँप र चल्छ सुवास्।
रसना मगना वन वाग भरि,
गुण तुल्य छाअ आँप र चाँप भरी॥४॥

सम-भू जन-टा वरमानव-नी,
छ-अमे घस-री गुणका नर-की।
फ़ल फ़ूल कि औल र लेक शरी,
गुण तुल्य छाअ आँप र चाँप भरी॥५॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *