आँसु

Ohio, America

डिल्लीराम रेग्मी 
ओहायो, अमेरिका 

आज
जब तिमी  मलाई यहाँ छोड्न आयौ
र मलाई छोडेर जाँदै थियौ
म वृद्धाश्रमको गेटबाट
रसिला आँखा लिएर
तिमी गएको हेरिरहेकी थिएँ
बिलकुल त्यसरी नै
जुन बेला तिमी सानोमा
आफ्ना रसिला आँखा लिएर
स्कुलको गेटबाट
म गएको हेरिरहन्थ्यौ…..
छोरा !
मेरो पनि यहाँ पटक्कै मन रमाउँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *